३० वर्षे सेवा अवधिबारे प्रहरी हेड क्वाटरले पठायो नयाँ सर्कुलर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न सर्कुलर गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो ।

‘सर्वोच्च अदालतबाट भदौ ६ मा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानुन शाखाको पत्र यस विभागमा प्राप्त भएको छ’, विभागद्वारा जारी सर्कुलरमा भनिएको छ ।

प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकाशका प्रावधानहरू मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरूसँग सम्बन्धित विषयमा अदालतको अन्तरिम आदेश बमोजिम कार्य गर्नु÷गराउनु हुन अनुरोध गरिएको छ ।

३० वर्षे सेवा अवधिका कारण यही भदौ १६ मा अनिवार्य अवकाशमा जान लागेका मध्ये २१ प्रहरी अधिकृतहरूले ३० वर्षे कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले भदौमा ६ मा ३० वर्षे लागू नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त रिटको पूर्ण सुनुवाइ असोज १० लाई तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *