१ लाख राशिको‘जनगायक जेबी टुहुरे सम्मान’पाख्रिनलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गरेका छन् ।

जेबी टुहुरे फाउन्डेसनले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले दिवङ्गत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान प्रदान गरेका हुन् । उक्त सम्मानको राशि रु. एक लाख रहेको छ ।

पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत गायन तथा नृत्य एवं गीतिनाटकमार्फत नेपाली समाजका शोषित–पीडित वर्गमा चेतना जागृत गराउन पु¥याउनुभएको योगदानस्वरूप सम्मान गरिएको फाउन्डेशनका निर्भिक टुहुरेले जानकारी दिए ।

गोरखाको अजिरकोट गाउँपालिकामा वि.सं. २००९ कात्तिक ११ गते जन्मनुभएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरेका थिए ।

वि.सं. २०३५÷०३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उहाँका ‘कालो वनको बीचैमा’, ‘गैती बेल्चा उचालेर’, ‘युवाहरु हो’ जस्ता गीत अत्यन्तै लोकप्रिय छन् ।

चार वटा गीति पुस्तिकासमेत प्रकाशन गर्नुभएका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्वसमेत गरेका थिए । वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *