राष्ट्रपतीय निर्वाचनअघि १९ मन्त्री परिवर्तन

काठमाडौं । ट्युनिसियाका राष्ट्रपति काइस सइदले अक्टोबर ६ मा हुने राष्ट्रपतीय निर्वाचनअघि विदेश, रक्षा र स्वास्थ्यलगायत १९ मन्त्री फेरबदलको घोषणा गरेका छन् ।

सइदले खालेद सेहिलीलाई इमेद मेमिचको स्थानमा नयाँ रक्षा मन्त्री नियुक्त गरेका छन् ।

नबिल अम्मरको उत्तराधिकारी नयाँ विदेश मन्त्रीको रूपमा मोहम्मद अली नफ्ती, र अली मराबेटको स्थानमा नयाँ स्वास्थ्य मन्त्रीको रूपमा मुस्तफा फेर्जानी छन् ।

सइदले आगामी राष्ट्रपति चुनावमा दोस्रो पाँच वर्षे कार्यकालका लागि प्रतिष्पर्धा गर्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *