नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक

काठमाडौँ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आज NADA Auto Show 2024 को पहिलो दिन आफ्नो स्टल नं H-16 बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ्ग खुलाएको छ ।

यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रिक एसयूभ X3 Pro EV रहेका छन् ।

e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको कम्पनीले जनाएको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी e-Qute 04, ३०० कि.मी रेन्जको मूल्य २४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रिक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

यस NADA स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा भाद्र ११ देखी भाद्र १६ गते सम्म हुने  NADA Auto show मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरू को बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *