प्रेस विज्ञप्ति

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक

काठमाडौँ । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।

बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् । यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।

ट्रायम्फको उत्कृष्टताको इतिहास ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरु उत्पादन गर्दछ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।

ट्रायम्फ स्पीड ४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ । स्क्र्याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य रु. ६,३९,९०० मा र ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्स विशेष मूल्य रु.६,८९,९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीको लागि भृकुटीमण्डपमा जारी नाडा अटो सोको स्टल नं. एम १२ मा एवम् कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *