गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुनेछ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहल भइरहेको र अब चाँडै नतिजा आउने बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटका रुपमा जोड्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउँदै उनले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडि बढाउन पहल गरिरहेको जानकारी दिए ।

भ्रष्टाचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उहाँले पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने तयारी गरिएको जानकारी दिए ।

नयाँ सरकार बनेको एक महिनाको अवधिमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्यले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *