माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना सञ्चालनमा
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान् चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।
तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराइने छ । साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरू भाद्र ३१ सम्म लागु हुने बैंकले जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।