कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु
मकालु खबर
२०८१ भदौ १३ गते
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् ।
संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह बताए ।
संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुवात गरेको छ ।
मकालु खबर
२०८१ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित