नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएकोप्रति आशंका छ : रास्वपा सांसद झा

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सी चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताए ।

उनले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए
। उनले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरूसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताए ।

उनले भने ‘नेपाल एयरलाइन्सको सबै जहाजहरू ग्राउण्डेड छ भन्ने कुराहरू आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित विभिन्न क्षेत्रहरूसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरूमा कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । सी चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो । इटालीमा ९० दिनभन्दा धेरै भइसक्यो । जहाँ दैनिक रुपमा ३ हजार भन्दा धेरै पार्किङ चार्ज मात्र तिरिरहेका छौँ । दैनिकीहरूको खबर पढ्दै गर्दा दैनिक रुपमा हामीले ५ करोड भन्दा धेरै नोक्सानी व्यहोरिरहेका छौँ । चाडपर्व आउन लागेको बेलामा कतै अन्तर्राष्ट्रिय अरु कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्याइएको हो कि भन्ने आशंका छ ।

उनले हवाई क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाई क्षेत्रको अवस्था यस्तो बनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *