वामदेव गौतमको प्रश्ताव- सडक दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गरौँ
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ ? भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए । उनले नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताए ।
उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए । उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भूगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए । उनले प्रकृतिप्रदत्त संरचनाहरूको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरूलाई नेपालमा केही समयका बोलाउन आग्रह गरे ।
सांसद गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई तत्काल निर्माण गरी चलाउनुपर्ने बताए ।