माछापुच्छ्रे बैंक र बिगमार्ट बीच सम्झौता
काठमाडौँ । माछापुच्छ्रे बैंक र Mega Mart Pvt Ltd (Big Mart Pvt. ltd) बीच डिजिटल कारोबारलाई प्रवर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौता अनुसार देशभरि रहेका Big Mart का आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरू पाउनेछन् ।
यसै बीच बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस (POS) बाट Big Mart मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघ संस्थाहरूलाई व्यापार प्रवर्धनमा सघाउ पुग्दै आइरहेको बैंकले जानकारी दिएको छ ।
साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको जनाएको छ ।