कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, प्रतिपक्षमा बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एक महिनाअघि सरकारबाट बाहिरिएको माओवादीले आज (बिहीबार) समर्थन फिर्ता लिने तयारी गरेको हो ।

कोशीमा एमाले नेतृत्वमा सरकार छ । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच गठबन्धन बनेपछि हिक्मत कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो ।

शुक्रवार प्रदेशसभा बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

‘माओवादी संसदीय दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौँ,’ आङ्बोले भने, ‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *