देखिने ठाउँमा छैनन् ट्राफिक चिन्हहरू (फोटो कथा)

सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरूले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोकेका हुन्छन् ।

पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू-टर्न निषेध, दायाँ मोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाइ, उकालो बाटो चिन्ह, ओरालो बाटो चिन्ह, पहिरो खस्नसक्ने जोखिमको चिन्ह, दोहोरो मोडको चिन्ह, सहायक बाटोको चिन्ह, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका सङ्केतहरू लेखेर टाँसिएका हुन्छन् ।

तर चिन्हहरूको व्यवस्थापन राम्रो नहुँदा छरपस्ट देखिन्छ । कतै सबै मानिसहरूले देखिने ठाउँमा सङ्केतहरू राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरुवाको हाँगाहरूले छेकिएको छ । त्यसको व्यवस्थापन हुन सकेको छैन । जसकारण जथाभाबी पार्किङ गर्नेहरू बढेका छन् ।

मानिसहरु जथाभाबी बाटो क्रस गर्दा अनेकौँ दुर्घटनाहरू बढेका छन् । साथै न्युरोड, बौद्ध लगायतका व्यस्त बजारमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्किल हुने गरेको देख्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *