नेवार समुदायमा गुँला पर्वको रौनक (तस्बिरहरु)

काठमाडौँ । नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकिएको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *