प्राकृतिक सम्पदाको संरक्षणमा सामूहिक प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राकृतिक सम्पदाको विकासमा सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन् ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति २९ औँ वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले गुफाको संरक्षणमा जोड दिनुपर्ने बताए ।

गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण सबैको दायित्व भएको बताउँदै उनले यसका लागि स्थानीयवासी र गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना गर्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।

वर्षेनी लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक पाँच करोडभन्दा बढी आम्दानी शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै जनसहभागिताबाट सञ्चालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरेको प्रदेश प्रमुख भट्टले बताए ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु आफैमा प्रशंसनीय काम भएको उनले बताए ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले गुफालाई थप आकर्षक बनाउनका लागि गुरुयोजना बनाउनुपर्ने बताउँदै त्यसका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संस्थाका पूर्वअध्यक्षहरूलगायत विभिन्न सङ्घसंस्थाका तर्पmबाट गुफाको महत्त्व र यसले सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका सम्बन्धमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *