फेरि घट्यो पेट्रोल/डिजेलको मूल्य, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *