सिमलतालमा बस र ट्रक ठोक्किए, राजमार्गमा अवरुद्ध

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रु सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटनाका कारण अन्य सवारी साधन राजमार्गमा नै रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *