बोलाइयो कांग्रेस केन्द्रीय समिति बैठक, के होला महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । भदौ ११ गते बस्ने भनिएको बैठक आज दिउँसो २ बजेपछि बस्ने गरी बोलाइएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्तावले पार्टीका हलचल ल्याएपछि सहमति खोज्न बैठक सारिएको थियो । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।

प्रस्ताव परिमार्जनका लागि सभापति देउवा आफै सक्रिय बनेका थिए । तीन पटक महामन्त्रीद्वयसँग छलफल भएको थियो । पछिल्लो पटक शनिबारमात्रै बुढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ । अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *