मध्यरात ट्रकसँग ठोक्कियो बाइक, २९ वर्षीय कैलाशको मृत्यु

धनगढी । कैलालीको अत्तरियामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति सवा १ बजे कैलालीको गोदावरी नगरपालिका-१ धनगढी सडकस्थित पाठक पेट्रोल पम्प नजिक रोकिराखेको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका कैलाशलाई उपचारका लागि उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । ट्रक र चालक बझाङको बित्थडचिर गाउँपालिका-२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

One thought on “मध्यरात ट्रकसँग ठोक्कियो बाइक, २९ वर्षीय कैलाशको मृत्यु

  1. haina aafai aayera Rokiraakheko trukmaa thokkera Durghatanaa hunxa ani kina ho truk ani chaalak lai pkdinu ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *