रिलायवल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ७ वर्ष पुरा

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ७ वर्ष पुरा भएको छ ।

कम्पनी स्थापना भएको ७ वर्ष पुरा भएको अवसरमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरेको छ ।

इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभात फेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी सातौँ वार्षिक उत्सव सम्पन्न गरेको छ ।

दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाहरुद्धारा विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरेर सातौँ वार्षिक उत्सव सम्पन्न गरिएको हो ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दूर दराज सम्म पुययाउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर, नियमनकारी निकायहरु, लगानीकर्ता, कर्मचारी, पत्रकार लगायत सरोकारबालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

कम्पनीले हाल सम्मको उपलब्धिबाट थप कार्य गर्नको लागी ऊर्जा प्राप्त भएको जनाएको छ ।

आगामी दिनमा पनि सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *