मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तरक्रिया

काठमाडौं । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

आइतबार भुकुटीमण्डप परिसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा भुकुटीमण्डपमा जारि नाडा अटो शोको २०२४ को सन्दर्भमा छलफल भएको थियो ।

कार्यक्रममा इमानका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिएका थिए ।

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष करण चौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरूको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए ।

अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सवैक्षेत्रलाई समेट्ने बताएका छन् । यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको उनले बताए ।

अन्तरक्रियामा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ–आफनो धारणा राखेका थिए । नाडा अटो शो को अन्तिम दिनमा यस्तो कार्यक्रम गरिएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *