भारतको प्रतिरक्षा कलेजका शिक्षार्थीसहितको टोली नेपाल भ्रमणमा

काठमाडौँ । भारतको राष्ट्रिय प्रतिरक्षा कलेज (एनडिसी) मा तालिमरत शिक्षार्थीसहितको ३६ सदस्यीय टोली पाँचदिने अध्ययन भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेको छ ।

उक्त टोलीले काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *