एमबाप्पेको दुई गोलमा रियल मड्रिडको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा उसले रियल बेटिसलाई २–० ले हरायो ।​

रियलको जितमा दुवै गोल फ्रान्सेली स्टार केलियन एमबाप्पेले गरे । उनले ६७औँ मिनेटमा भालभार्डेको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

एमबाप्पेले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–० ले अघि बढाए । बेटिसका गोलकिपर रुइ सिल्भाले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो । त्यसमा एमबाप्पे चुकेनन् ।

उनले ला लिगामा पहिलोपटक रियलका लागि गोल गरेका हुन् । अघिल्लो तीन खेलमा एमबाप्पे लगातार गोलविहीन थिए ।

यो जितपछि रियलले चार खेलबाट ८ अंक जोडेको छ । ऊ अहिले तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा बार्सिलोना रहेको छ । उसले चार खेलबाट १२ अंक जोडेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *