एमालेबाट गण्डकी सरकारमा जाने ४ जनाको नाम टुङ्गियो, क-कसले पाए मौका ?

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री भएका हुन् ।

हाल कायम मन्त्रालय फुटाएर ९ वटा कायम गरिएसँगै ४ जना मन्त्री थपिने भएका छन् । एमालेबाट मन्त्री बन्नेहरुको आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *