एमालेले हटाउन सकेन मनाङे, फणीन्द्र पनि जोगिए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

एमाले र काँग्रेसबिच गठबन्धन बनेको दुई महिना पुग्न लाग्दा समेत गण्डकीमा सरकार विस्तार भएको थिएन । अन्ततः मन्त्रालयले फुटाएर बागबण्डा मिलाइएको छ ।

अब एमाले पनि सरकारमा सहभागी हुने भएको छ । एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गिएको छ ।

कांग्रेस–एमाले नेतृत्वको सरकारमा यसअघिको मन्त्रीपरिषद्मा रहेका दुई मन्त्रीले निरन्तरता पाएका छन् । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीकै रुपमा यथावत् रहेका छन् ।

एमालेले फणीन्द्र र मनाङेलाई सरकारबाट हटाउनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसले एमालेलाई साथ नदिएपछि उनीहरूले मन्त्रीमा निरन्तरता पाएका हुन् ।

फणीन्द्रको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय यथावत् छ । यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे वन तथा वातावरणबमन्त्री बनेका छन् ।

गण्डकीमा एमालेले ४ र कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो । फणीन्द्र र मनाङे कांग्रेस कोटाबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *