गण्डकी सरकारले पायो पूर्णता, एमालेका चार मन्त्रीले लिए शपथ

काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार मन्त्री नियुक्त भएका उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमालेबाट सरकारमा सहभागी नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन् ।

जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री बनेकी छन् । यस्तै, पाठक स्वास्थ्य, बस्याल उद्योग तथा पर्यटन र केसी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *