ग्लोबल आइएमई बैंकको ‘ग्लोबल जुनियर’ एप सार्वजनिक(भिडिओ)

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ ।

बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धी अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ ।

बैंककाअनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ ।

ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताए । भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकाहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *