कप्तान एञ्जिलाले पनि युरोपमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । उनले २०२४-०२५ को सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौता गरेका हुन् ।

एञ्जिलाले एसियाबाहिर लिग खेल्न लागेको यो पहिलो पटक हुनेछ । उनले यो उपलब्धिबारे प्रतिक्रिया दिँदै भनिन्, ‘पहिलो पटक युरोपको लिगमा खेल्दै छु । त्यसैले खुसी छ । सबै खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षको लगातार प्रयासपछि मेरो आफ्नै सपना पूरा भएको छ ।’

उनी एपीएफसँग आबद्ध खेलाडी हुन् । यसअघि एपीएफकै सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो खेलाडी भएकी थिइन् । एञ्जिलाले भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *