सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टानमा माओवादीका उम्मेदवार पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेस र एमालेको समर्थनमा राजेन्द्र सापकोटा अध्यक्षका प्रत्यासी थिए । पाण्डेले भने माओवादी केन्द्रको समर्थन पाएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित शेर्पा पाण्डे समूहकै हुन् । वरिष्ठ उपाध्यक्षमा भने पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् ।

सोमबार भएको निर्वाचनबाट टानको सचिवमा सचिव रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्यमा निर्वाचित भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *