नेपाली टोलीको श्रीलंका भ्रमण

पहिलो एकदिवसीय अभ्यास म्याच खेल्दै नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोली हाल आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का भ्रमणमा छ ।

नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेल खेल्ने छ । आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको पहिलो खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ । दोस्रो अभ्यास खेल भोलि हुनेछ । यस्तै, तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने तालिका छ ।

यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो । तर, नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका परिवर्तन भएको जानकारी गराउँदै सोमबार नयाँ तालिका सार्वजनिक गरेको थियो ।

श्रीलङ्का भ्रमणपछि नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ । यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडामा हुने श्रृङ्खला नेपाली टोलीको लागि विश्वकप लिग–२ को महत्वपूर्ण छ ।

क्यानडाको श्रृङ्खला समाप्त भएपछि, नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने छ । यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

लिग–२ मा हालसम्म नेपालले चार खेल खेलेको छ, जसमा नेपाल दुई अंकसहित सातौं स्थानमा छ । यस प्रतियोगितामा नेदरल्याण्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *