सरकारका प्रवक्तालाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई मन्त्रीले सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै बर्खास्त माग गरिएको हो ।
सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बर्खास्तीको आग्रह गरेका छन् । ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु ।’
गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री ओलीले सचेत भने गराएका छन् ।
सम्झाएर हुन्न सतेच गराएर हुन्न यत्रो जिम्मेवार मन्त्रिले यस्तो बोल्नु नेपालको संबिधान अनुसार अपराध मानिन्छ मन्त्रिले राजिनाम दिनुपर्छ।
टपरे बाहुनहरुले के गरि खानु दिन्छ र ।बल्ल एक जन मन्री भएको त्य पनि निकाल्ने भयो । थुक्का !