फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु
मकालु खबर
२०८१ भदौ १८ गते
काठमाडौं । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।
आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो ।
फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन् । द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ ।
२०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो । देशमा अनुमानित १२.९ बिलियन अमेरिकी डलर क्षति भएको थियो ।
मकालु खबर
२०८१ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित