नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता भएको छ ।

बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयर प्रा. लि.का संचालक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *