स्मार्टचोइस टेक्नोलोजीले ल्यायो ‘तिर्की दाउ’, यी हुन् अफर
काठमाडौँ । नेपालीहरूको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजी लिमिटेड (SCT) ले ‘तिर्की दाउः ‘TRIAL Offer’ सार्वजनिक गरेको छ ।
यस, अफर अन्तर्गत SCT–UPI डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा POS मार्फत विद्युतीय कारोबार गर्दा ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म SCT– UPI डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न SCT संग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको SCT–UPI डेबिट कार्ड प्रयोग गरेमा १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।
साथै, भारतमा पनि नेपाली रुपैयाँ ‘२५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ’ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
अफरको विस्तृत विवरण र सर्त तथा बन्देजहरू SCT को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यही सेप्टेम्बर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।