महालक्ष्मी विकास बैङ्कद्वारा इसिएल कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरू पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरूको प्रभावकारी रुपमा कार्यान्वयन/अनुपालन गर्न तथा वित्तीय अनुशासन रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुर्याएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत ३० वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।
साथै २०८० साल ९ महिना २८ गते मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको थियो ।