पलका विषयमा समीक्षा र पूजाको दोहोरी, के हो विवाद ?

काठमाडौं । नायिका पूजा शर्मा फेरी आलोचनाको सिकार भएकी छन् । गायिका समीक्षा अधिकारीलाई होच्याएर बोलेपछि पूजाको आलोचना र विरोध भएको हो ।

सामाजिक सञ्जालमा पूजा र समीक्षाको दोहोरी नै चलेको छ । समीक्षाले फिल्म चलाउनकै लागि पूजाले आफूलाई बारम्बार प्रहार गरेको बताइन् ।

समीक्षाले सत्य के हो आफूलाई, उसलाई र भगवानलाई मात्र थाहा भएको बताउँदै पोडकाष्टहरू न्यायाधीश बनेको लेखेकी छन् ।

‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन भने उति बेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ,’उनले लेखेकी छन्, ‘के सही ? के गलत ? छुट्टाउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर साबित गरिदिएँ ।’

त्यसको जवाफमा पूजाले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्ने नै बताएकी छिन् । ‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको पूजाले बताएकी छिन् ।

मिडियामा आएका आएका आफ्ना सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल रहेको उनले बताएकी छन् ।

‘मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु, चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *