अभिनेता समीर भट्टको पहिलो अन्तर्वार्ता, सबै सफलताको श्रेय बुवा विराजलाई

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ असोज २४ गते फूलपातीका दिन प्रदर्शन हुने छ ।

चलचित्रमा मुख्य कलाकार समीर भट्ट रहेका छन् । ‘१२ गाउँ’ समीरको पहिलो अभिनय रहेको चलचित्र हो । पछिल्लो समय ‘१२ गाउँ’ को पोस्टर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । युट्युबमा चलचित्रको ट्रेलर हेर्नेको सङ्ख्या मिलिएन भन्दा बढी पुगेको छ ।

समीर को पहिलो चलचित्र भएता पनि उनका धेरै फ्यानहरू छन् । अभिनेता विराज भट्टको छोरा समेत रहेका समीर लाही यति बेला दर्शकहरूले सामाजिक संजालमा पच्छ्याइ रहेका छन् ।

साथै समीर को पहिलो अन्तर्वार्ता पनि सार्वजनिक भएको छ । जसमा उनलाई धेरै सकारात्मक प्रतिक्रिया दिएका छन् । उनलाई युटुवमा हेर्नेको संख्या बढिरहेको छ । अन्तर्वार्तामा उनले आफ्नो पहिलो अन्तर्वार्ता दिन पाउँदा खुसी लागेको बताएका छन् । उनले फिल्म क्षेत्रमा अगाडी बढ्नुको श्रेय आफ्नो बुवा बिराज भट्टलाई दिएका छन् ।

उनले आफूले गर्ने सबै क्रियाकलापमा आफ्नो बुवाको साथ र समर्थन रहेको सुनाएका छन् । उनले आफ्नो बुबा भट्टलाई नाम मात्र होइन, एउटा ब्राण्डको रुपमा पनि लिएका छन् ।

उनले भने ‘बुबाको फ्यानहरू नेपालमा मात्र होइन देशबिदेशमा पनि रहेका छन् । फ्यानहरू बुबासँग फोटो खिच्न आउँदा र मलाई बिराज भट्टाको छोरा भन्ने नजरले हेर्दा मलाई एकदमै खुसी लाग्थ्यो । उहाँको फ्यान फलोअर्सले गर्दा नै मलाई मोटिभेसन मिल्यो र बुबाले पनि मलाई मोटिभेट गर्नु भयो । बुबा र म घरमा धेरै फिल्मको कुराहरू गथ्यौं । म धेरै जसो अभिनय, याक्सन र नाचको कुराहरू गर्थे । मैले फिल्म अहिले खेले तर मेरो तयारी दश वर्ष अघिबाट नै थियो जब म बुवासँग फिल्मको कुराहरू गर्थे त्यही कारणले धेरै सिक्ने मौका पाए । मलाई मेरो बुबाले यस विषयमा धेरै सिकाउनु भएको थियो । फिल्मको फोटो भाइरल भएको श्रेय मेरो बुवालाई नै जान्छ ।’

उनले आफ्नोबारेमा सार्वजनिक रुपमा यसअघि कसैलाई थाहा नभएको र फिल्ममा डेब्यु गर्दा सबैले चिनेको बताएका छन् । उनले कलाकारिता क्षेत्रमा आफ्नो गुरु नै बुवालाई मानेको बताएका छन् ।

यस्तो छ उनको पहिलो अन्तर्वार्ता

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *