ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सङ्खुवासभा । यहाँको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा मंगलबार दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *