ओलम्पिक पदक विजेता पलेशाको भव्य स्वागत/नगर परिक्रमा (तस्बिरहरू)
मकालु खबर
२०८१ भदौ १९ गते
काठमाडौं । नेपालीलाई पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको भव्य स्वागत गरिएको छ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरूले स्वागत गरेका हुन् ।
विमानस्थलमा स्वागत गरिएपछि पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै नगर परिक्रमा गराइएको थियो ।
त्यपछि उनलाई राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएको छ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।
सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।
मकालु खबर
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित