दोस्रो त्रैमासिकमा जापानको पुँजीगत खर्च ७.४ प्रतिशतले बढ्यो

काठमाडौं । दोस्रो त्रैमासिकमा जापानको पुँजीगत खर्च ७.४ प्रतिशतले बढेको छ । यस वर्षको दोस्रो त्रैमासिकमा जापानी कम्पनीहरूको पूँजीगत खर्च वार्षिक रूपमा ७.४ प्रतिशतले बढेको हो ।

जुन अघिल्लो त्रैमासिकको तुलनामा ६.८ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । कारखाना निर्माण र उपकरण थप्ने उद्देश्यका लागि सबै गैर–वित्तीय क्षेत्रहरूको लगानी ११.९२ ट्रिलियन येन (लगभग ८१.४ बिलियन अमेरिकी डलर) पुगेको छ । जुन लगातार १३ औं त्रैमासिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सूचना सञ्चार र इलेक्ट्रोनिक्स मेसिनरीका कारण उत्पादकहरूको लगानी १.४ प्रतिशतले बढेको छ भने सेवा प्रदायक र विद्युतीय उपयोगिताहरूको नेतृत्वमा गैर–निर्माताहरूको खर्च १०.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यसैबीच जापानी कम्पनीहरूको कर पूर्व नाफा यस वर्षको दोस्रो त्रैमासिकमा १३.२ प्रतिशतले बढेर रेकर्ड–उच्च ३५.७७ ट्रिलियन येनमा पुगेको छ ।

जुन लगातार छैठौं त्रैमासिकमा बढ्दै गएको छ । जुन विदेशी बिक्री र येनको कमजोरीले बढेको छ । कर्पोरेट बिक्री ३.५ प्रतिशतले बढेर ३६८.९६ ट्रिलियन येन पुगेको छ, जुन अप्रिल–जुन त्रैमासिकको रेकर्ड उच्च हो, र आवर्ती नाफा १३.२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । पूँजीगत खर्च देशको कुल गार्हस्थ्य उत्पादनको प्रमुख गेज मध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *