दक्षिण कोरियाको कस्मेटिक स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा
मकालु खबर
२०८१ भदौ १९ गते
काठमाडौँ । दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरूको भव्य स्वरुम ‘ड्रिम स्किन नेपाल’ लाजिम्पाटमा सञ्चालनमा आएको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ए ताययोङ्गले ड्रिम स्क्रिन नेपालको स्वरुमको उद्घाटन गरे । नेपाली बजारमा दक्षिण कोरियामा सौन्दर्य सामग्रीहरूको माग र प्रयोग उल्लेख्य रहेको छ । स्वरुम उद्घाटनको कार्यक्रममा कोरियामा सौन्दर्य सामग्रीहरूले नेपाली प्रयोगकर्ताहरूमा विश्वास जगाउन सकेकोमा खुसी लागेको बताए ।
कोरियाका स्किन केयर र कस्मेटिक उत्पादन एसिया र युरोपमा चर्चित छन् । काठमाडौंमा ड्रिम स्किन नेपालको लाजिम्पाट र नयाँ बानेश्वरमा स्वरुम सञ्चालनमा छन् ।
मकालु खबर
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित