भोज खान मावल गएका तीन दाजुभाइ पोखरीमा डुबे

धनुषा । धनुषामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । मावलीघरमा भोज खान गएका तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीन जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा हुन् । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको हो ।

सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका उनीहरुको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *