भदौ २० गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. भदौ २०, २०८१ ई.सं. 05 Sep, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ ञलाथ्व कालयुक्त दक्षिणायन  वर्षा बिहीबार भाद्र शुक्लपक्ष तिथि द्वितिय १०:०४ बजेसम्म, त्यसपछी तृतीया नक्षत्र हस्त दिनरात, त्यसपछी हस्त योग शुभ २१:२३ बजेसम्म, त्यसपछी शुक्ल करण कौलव १०:०४ बजेसम्म, त्यसपछी तैतिल २३:०६बजेसम्म, त्यसपछी गर चन्द्रराशि कन्या आनन्दादि योग राक्षस दिनमान १२:३३ सूर्योदय ५:४५ सूर्यास्त १८:१८ तीजको दर खाने, मानव बेचबिखन बिरुद्ध राष्ट्रिय दिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तसँग मनमुटाव बढ्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । साथीबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *