तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन

काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ ।

दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ । पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए । त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो ।

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाकजस्तापरिकार र फलफूल खाने चलन छ ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *