घटेर कति पुगे प्रधानमन्त्रीको फेसबुक पेजमा फलोअर्स ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा ‘फलोअर्स’ घटिरहेका छन् । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकले ‘अनफलो’ गर्ने अभियान चलाएपछि प्रधानमन्त्रीको फलोअर्स घटिरहेका हुन् ।

सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै प्रधानमन्त्री ओलीलाई ७८ हजारले अनफलो गरेको पाइएको छ । मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । बिहीबार बिहान ९ बजेसम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ८८ हजारमा झरेको छ ।

आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’ भनेर लेखेका थिए । उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएको बताइन्छ ।

यो पनि : एमाले र बालेनको डिजिटल वार, प्रधानमन्त्री भन्छन्- असत्यको आयु लामो हुँदैन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *