अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक : मेस्सी र रोनाल्डो सूचीमै अटाएनन्, को-को परे ?

काठमाडौं । विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओर २०२४ को मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरिएको छ । यसपटक ३० खेलाडी मनोनयन सूचीमा परेका छन् ।

विश्व फुटबलका स्टार​ लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भने यसपटक मनोनयनमा पर्न सकेनन् । सन् २००३ यता पहिलोपटक ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेका हुन् ।

गत वर्षको बालोन डी’ओर विजेता मेस्सीले आठपटक यो अवार्ड जितिसकेका छन्  भने रोनाल्डो पाँचपटकका बालोन डी’ओर अवार्ड विजेता हुन् ।

बीबीसीका अनुसार ३० जनाको प्रारम्भिक सूचीमा सबैभन्दा बढी इंग्ल्यान्डका ६ खेलाडी परेक छन् ।

मनोनयनमा परेका खेलाडी :-

  • जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड)
  • रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल)
  • फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड)
  • फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे)
  • इमिलियानो मार्टिनेज (एस्टन भिल्ला/ अर्जेन्टिना)
  • इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे)
  • निको विलियम्स (एथलेटिक क्लब/स्पेन)
  • ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड)
  • अर्टेम डोभबिक (एस रोमा/युक्रेन)
  • टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी)
  • भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल)
  • डानी ओल्मो (बार्सिलोना/स्पेन)
  • फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन)
  • मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे)
  • माट हुमेल्स (रोमा/जर्मनी)
  • रोड्री (म्यानचेस्टर सिटी/स्पेन)
  • ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड)
  • डेकलान राइस (आर्सनल/ इङल्याण्ड)
  • भिटिन्हा (पिएसजी/पोर्चुगल)
  • कोल पार्मर (चेल्सी/इङल्याण्ड)
  • डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन)
  • लामिन यमल (बार्सिलोना/स्पेन)
  • बुकायो साका (आर्सनल/इङल्याण्ड)
  • हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की)
  • विलियम सालिबा (आर्सनल/फ्रान्स)
  • किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स)
  • लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना)
  • एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया)
  • एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी)
  • अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन)

फिफाको विश्व वरियतामा शीर्ष १०० देशका पत्रकारको निर्णायक मण्डलले यो अवार्डका लागि मतदान गर्छ । २८ अक्टोबरमा पेरिसमा हुने एक समारोहमा विजेताको नाम सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *