त्रिभुवन विश्वविद्यालयद्वारा ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो ।

१ असार २०५० देखि ३२ जेठ २०८१ सम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेलाई फाराम भर्न भनेको हो । आवेदन फाराम आज (२० भदौ) देखि २३ असोजसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । २४ असोजदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *