वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम गर्दै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मिर्गौला रोग समाजको सहयोगका लागि कम्पनीले विगतका वर्ष झैँ यस वर्ष पनि रक्तदान कार्यक्रम गर्ने भएको हो ।

रक्तदान कार्यक्रम ६२औं वार्षिकोत्सव अर्थात् आउँदो भदौ २३ गते आइतबारका दिन कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको कालीमाटीमा गरिने विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए । उनका अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

खुला रक्तदान कार्यक्रममा रक्तदानका लागि योग्य जो कोहीले पनि रगतदान गर्न सक्नेछन् । कम्पनीले वार्षिकोत्सव तथा विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *