महिला सशक्तीकरणको मार्ग कोरिएको प्रेरणादायी नाटक ‘शिल्पिनी’ (तस्बिरहरू)

काठमाडौँ । गत शनिवार देखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘शिल्पीनी’ मञ्चनमा आएको छ । नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ अन्तर्गत विशेष मञ्चन गरिएको यस नाटकलाई भदौ १५ गतेदेखि पुनः मञ्चन गरिएको हो ।

नाटकमा नेपाली समाजको प्रतिनिधि गर्ने ४ महिलाहरू छन् । जो कुनै न कुनै कारणले भैरव सरसँग मूर्ति कला सिक्न आइपुगेका छन् । भैरव सर जो एक मूर्तिकार हुन् । उनी सोझी युवतिहरूलाई माटोको मूर्ति बनाउन सिकाउने बहानामा यौन दुर्व्यवहार गर्छन् । नाटकले महिलाहरू कतै पनि सुरक्षित छैनन् भन्ने अवगत गराउँदै आफ्नो सुरक्षा र स्वतन्त्रताका लागि आफै आवाज उठाउन उत्प्रेरित गराएको छ ।

‘शिल्पिनी’ महिला सशक्तीकरणको मार्ग कोरिएको प्रेरणादायी नाटक हो । यस नाटकमा महिलाहरूले आफ्नो घर र कार्य क्षेत्रमा भोग्दै आएका यौन हिंसा र दुर्व्यवहार जस्ता पिडालाई अभिनय मार्फत जस्ताको तस्तै देखाइएको छ ।

नाटकले महिलाहरूको कथा र महिलाको आत्म–परिभाषाको दर्शनलाई केलाउने प्रयास गरिएको छ । नाटक हेर्दा महिला दर्शकहरूले नाटकका कुनै न कुनै घटनासँग आफूलाई ‘रिलेट’ गर्छन् । ‘शिल्पिनी’ ले महिलाहरूलाई अघि बढ्न रोक्न आइपर्ने यस्ता बाधाहरू तोड्न र आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि चुप नबस्न भन्ने सन्देश दिइएको छ ।

नाटक ‘शिल्पिनी’ लाई श्रेया सिंह र रवि किरणले लेखेका हुन् भने अनि वेदना राईले निर्देशन गरेका हुन् । त्यस्तै कलाकार प्रमीला राई, रोशनी कार्की, श्रीसेश श्रेष्ठ र सुज्यान सिलवालले यस नाटकमा उत्कृष्ट अभिनय गरेका छन् ।

नाटक भदौ २६ गतेसम्म साँझ ५ः३० बजे मञ्चन हुनेछ ।

  हेर्नुहोस् थप तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *