प्रेस विज्ञप्ति

तीजलाई लक्षित गर्दै कुमारी बैंकको क्यास ब्याक योजना सञ्चालनमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरूप क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

बैंकका अनुसार निरन्तर रुपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरूका खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरूप यही भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १०० को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *